Ad Image

गोठमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746527974.jpg

काठमाडौं । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२० मा एक गोठमा आगोलागी भएको छ । जीतपुरसिमरा बसतपुर बस्ने भिखारी महरा चमारको गोठमा सोमबार दिउँसो आगोलागी भएको हो ।

 
आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने करिब ४ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै गए राति सप्तरी जिल्लाको महादेवा गाउँपालिका-६ ढिक्ली बस्ने डम्बर रामको ग्वाली घरमा आगो लागेको छ ।

 

उनको ग्वाली घरमा  लागेको आगो फैलिएर उनकै भाइ कमल रामको गोठ समेत जलेको हो । आगलागीबाट दुबै जनाको गरी करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


प्रहरी र स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिए ।


यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।