Ad Image

लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746535207.jpg

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सुनसरी जिल्ला धरान उपमहानगरपालिका-४ लामाचौरबाट लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने १९ वर्षीय सुजन राई रहेका छन् ।


सोमबार दिउँसो अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा-४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

 

मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ मटेरूवा चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित  एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलवारी नगरपालिका-४ बस्ने ३१ वर्षीय अनमोल राई रहेका छन् ।

 

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरूवा नगरपालिका-७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएको छ ।प्रहरीले रोशनी र लाललाई समेत विराटनगर महानगरपालिका मटेरूवाबाट पक्राउ गरेको छ ।

 

त्यस्तै बाँके जिल्ला बैजनाथ गाउँपालिका-७ पेडारीबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारू रहेका छन् । लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद १ हजार ५ सय रूपैयाँ सहित सोमबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हाे ।  इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले  जानकारी दिएकाे छ ।

 

यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ यरीचोकबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय रेहान खान रहेका छन् । भारत बहराइज नानपारा चौकी-१६ घर भएका खानलाई  प्रहरीले पक्राउ गरेको हो ।लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट लागूऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना रहेका छन् । खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित  प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित सोमबार राति पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।