Ad Image

बेवारिसे शवको सनाखत नहुँदा चार दिनदेखि अस्पतालमै शव

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746545567.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ जलदेवी टोलस्थित सडक छेउमा यही वैशाख १९ गते फेला परेका एक व्यक्तिको निधन भए पनि अझै सनाखत हुनसकेको छैन ।बेवारिसे अवस्थामा फेला परेको अन्दाजी ४०/४५ वर्षीय पुरुषलाई बिरामी अवस्थामा फेला पारेर उद्धार गरी अस्पताल पठाइएकामा सोही दिन साँझ मृत्यु भएको थियो । उक्त शव चार दिनदेखि प्रदेश अस्पताल दमौलीमा राखिएको र हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सो घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । खैरो रङको ज्याकेट, निलो रङको पाइन्ट लगाएको, पाँच फिट छ इन्च उचाइ भएको ती पुरुषलाई कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।