Ad Image

भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746548614.jpg

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् । 

 

यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा हो ।
 
जिल्ला प्रहरी परिसर काठमाडौँले आज उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।