Ad Image

भारतले गर्‍यो पाकिस्तानमाथि हवाई आक्रमण

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746580029.jpg

नयाँ दिल्ली । भारतले पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ। गत अप्रिलमा मुस्लिम आतंककारीहरूले कश्मीरमा २६ जनाको हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित कश्मीर र अन्य भूभागमा भारतले हवाई आक्रमण गरेको हो । यसलाई अपरेसन सिन्दूर नाम दिइएको छ । पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ।

 

यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन् । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। 
 

अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ कश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्। पाकिस्तानले कम्तीमा ३ भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ।