Ad Image

सुनको मूल्य तोलामा १ हजार ७०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार?

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746596113.jpg

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुनको मूल्य तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो ।


त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । मंगलबार पनि चाँदीको मूल्य एक हजार ९६५ नै रहेको थियो ।


अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।