Ad Image

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746671704.jfif

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ । आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको हो ।