Ad Image

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746676081.jpg

काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

 

यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको थियो । पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया साकाले एक गोल फर्काएका थिए ।

 

अब पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ मा म्युनिखस्थित एलिनाज एरिना स्टेडियममा हुने छ ।