Ad Image

रूपन्देहीमा विद्यार्थी बोकेको विद्यालयको बसमा आगलागी

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746684689.PNG

रूपन्देही । शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगलागी भएको छ। बिहीबार बिहान विद्यार्थी बोकेर विद्यालयतर्फ गइरहेको बसमा विद्यालय नजिकै आगोलागी भएको हो ।

 

बसमा रहेका विद्यार्थी र चालक सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस भने पूर्ण रूपमा क्षति भएको छ।

 

आगोलागेको देखेपछि स्थानीयले विद्यार्थीलाई बसबाट बाहिर ल्याउने तथा उद्दार गर्ने कार्यमा सहयोग गरेका थिए । बसमा आगेको आगो प्रहरी र दमकलले निभाएको प्रहरीले जनाएको छ ।