त्रिविले सार्वजनिक गर्यो बिए दोस्रो वर्षको आंशिक परीक्षाको नतिजा


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बि।ए दोस्रा वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले गत असोजमा लिएको मानविकी तथा सामाजिकशास्त्र तर्फको आंशिक परीक्षाको नतिजा बुधवार सार्वजनिक गरेको हो ।
२०८० मा संचालन भएको स्नातक तह बि।ए दोस्रो वर्षको आंशिक परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्रिवि द्धारा प्रकाशित नतिजा result.tuexam.edu.np टाइप गरी हेर्न सकिने छ ।
