Ad Image

फोहोर व्यवस्थापनमा वी.पी अस्पतालको लापरबाही, काठमाडौं महानगरले लगायो ५० हजार जरिवाना

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746697772.jpg

काठमाडौं । बसुन्धरामा रहेको वी.पी स्मृति अस्पतालले फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै काठमाडौं महानगरले ५० हजार जरिवानाको पत्र काटेको छ । अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएको भन्दै स्थानीयले खबर गरेपछि महानगरले अनुगमन गरेर जरिवाना तोकेको हो ।


महानगरको वातावरण व्यवस्थापन विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहितको टोलीले अस्पतालको अनुगमन गरेकाे थियाे । अनुगमनका क्रममा अस्पतालले हानीकारक फोहोर निर्मलीकरण नगरी सामान्य फोहोरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहोर राख्ने जस्तो लापरबाही गरेको भेटिएको महानगरले जनाएको छ ।

वी.पी स्मृति अस्पतालमा पटक पटक अनुगमन गर्दा फोहोर व्यवस्थापन मापदण्डअनुसार नभएको पाउने गरेको महानगरले जनाएको छ । महानगरका अनुसार वी.पीमा मात्र नभएर दोहो¥याएर अनुगमन गर्दा हरेकजसो अस्पतालले पहिलो पटक टोली पुगेको जस्तो, आफू अनविज्ञ भएको जस्तो अभिव्यक्ति दिने गरेका छन् ।

वी.पी अस्पतालको फोहोर टोखाबाट सञ्चालित हिमालयन प्रा. लि. ले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले हिमालयन प्रा.लि लाई वी.पी अस्पतालको फोहोर संकलन नगर्न निर्देशन दिएकी छिन्।