Ad Image

आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा छ : परराष्ट्र मन्त्रालय

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746717032.jpeg

काठमाडौं ।  सरकारले आतंकवादविरुद्धको लडाईंमा नेपालको सधैं साथ दिने बताएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।
 
विज्ञप्तिमा भारत र पाकिस्तानबीचको बढ्दो तनावको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ । मन्त्रालयले अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको स्मरण गराएको छ र यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ । साथै, नेपाल सरकारले कुनै पनि छिमेकी राष्ट्रहरुका विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरिएको छ ।