Ad Image

देशभरबाट लागूऔषधसहित १५ जना पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746722709.jpg

काठमाडौं ।  देशका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ट्रामाडोल ३ हजार ९० ट्याब्लेट, स्पास्मिड ३ हजार ७० ट्याब्लेट, बुप्रेनोर्फिन ४ एम्पुल, फेनिरामाइन १७ एम्पुल र डाइजेपाम ९ एम्पुल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१३ अमरहाट कृषि बजार बस्ने ३० वर्षीय मिलन लिम्बु रहेका छन् । बुधबार दिउँसो अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

झापा जिल्लाको अर्जुनधारा नगरपालिका-८ सरस्वती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ९० मिलिग्राम र नगद २७ हजार ६ सय ७० रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन राजवंशी रहेका छन् । प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

यसैगरी लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका(८ डुँडामारी बस्ने २७ वर्षीय सुनिल लिम्बु रहेका छन् । बुधबार बेलुकी इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

नवलपरासी जिल्ला पश्चिम, रामग्राम नगरपालिका(६ पोखरापालीबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९७ मिलिग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम २४ एम्पुल, फेनारगन २२ एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल, नाइट्राभेट ११ ट्याब्लेट, नगद ३५ लाख ९९ हजार ८ सय ६५ रूपैयाँ र मोबाइल १० थान सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने प्रेमनाथ बनियाँ रहेका छन् । बुधबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाए ।

 

यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-४ बस्ने १९ वर्षीय हेमराज विश्वकर्मा, १८ वर्षीय किशोर र सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय एलेक्स सुबेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित बुधबार साँझ पक्राउ गरेको हो ।

 

यसैगरी मोरङ जिल्ला सुन्दरहरैंचा नगरपालिका-३ आइतबारेबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ३५ ट्याब्लेट र लेभ्रिक्स ६ सय ९५ ट्याब्लेट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा सही ठाउँ बस्ने २७ वर्षीय गोवर्धन गुरूङ,२६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, सन्जय खड्का र २० वर्षीय बिशाल उराउ रहेका छन् । बुधबार राति  प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले गोवर्धनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पाँचै जनालाई पक्राउ गरेको हो ।
 
धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट  २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २४ वर्षीय दर्पण गुरूङ र ३१ वर्षीय सुदिल लिम्बु रहेका छन् ।अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित एक व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने  १८ वर्षीय किशोर रहेका छन् । बुधबार राति लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यी सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।