कांग्रेस सभापति देउवाले बोलाए पार्टी पदाधिकारी बैठक


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ९ बजे बस्नेछ । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।