Ad Image

२ हजार वर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746757169.jpg

भ्याटिकन । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन । उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन ।

 

कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी मिसनरी हुन, जसले पेरुमा आफ्नो लामो सेवामा बिताएका थिए र पछि उनी भ्याटिकनको शक्तिशाली विशप कार्यालयको नेतृत्व गरिरहेका थिए । क्याथोलिक चर्चको २००० वर्षको इतिहासमा पहिलो पटक कोही अमेरिकी पोपमा चुनिएको यो पहिलो घटना हो। ६९ वर्षीय प्रीभोस्टले लियो चौधौं नाम रोजेका छन्, अब उनलाई यसै नामले सम्बोधन गरिनेछ ।

 

स्थानिय समय अनुसार बिहीबार साँझ  ६ः०७ मा सिस्टिन चैपल चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो । स्थानीय समय अनुसार क्याथोलिक चर्चको नेतृत्व गर्नका लागि पोन्टिफ चुनिएको संकेत थियो। त्यसको लगभग एक घन्टा पछि उनी बाल्कोनीमा देखा परेका थिए ।

 

पोप चयन भए पछि भ्याटिकनमा उभिएका दर्शनार्थीलाई उनले स्पेनिश र इटालीयन भाषामा सम्बोधन गरेर उपस्थितलाई आर्शिवाद दिएका थिए । ‘तपाईंहरू सबै रोम र इटालीका मानिसहरूलाई हामी सधैं परोपकार देखाउने र विशेष गरी पीडामा परेकाहरूलाई परोपकारी हुन हुन आवश्यक छ, आज पोम्पेईको म्याडोनालाई प्रार्थना गर्ने दिन हो र हाम्रो धन्य आमा मरियम सधैं हाम्रो नजिक हुन हुन्छ । त्यसैले हामी यो नयाँ मिसन र संसारमा शान्तिको लागि प्रार्थना गरौं’ उनले सम्बोधनमा भने । त्यसपछि उनले हेल मेरी प्रार्थना गरेका थिए ।

 

भ्याटिकनमा भएको पोप कन्क्लेभको दोस्रो दिन मात्रै उनी नयाँ पोप चयन भएका हुन । १३३ कार्डिनलहरूले उनलाई दुई तिहाई बहुमत अर्थात ८९ मतमार्फत पोप चयन भएका हुन । सन् १९०० पछि दुई दिनमा नयाँ पोप चयन भएको यो पाँचौं पटक हो । मतदानको दोस्रो दिन मात्रै रोमन क्याथोलिक चर्चको सिस्टिन च्यापलमा रहेको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो, जसले नयाँ पोप चयन भएको संकेतको रूपमा हेरिने गरिन्छ ।

 

नयाँ पोप चयन हुनेबित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढीले ताली बजाए र एकअर्कालाई बधाई दिए। यसअघि मे ७ मा भएको मतदानको पहिलो दिन कोही पनि पोपमा निर्वाचित भएका थिएनन् । पहिलो चरणको मतदान बुधबार राति करिब ९ः१५ बजे सुरु भएको थियो, हिजो सिस्टिन च्यापलमा एक औपचारिक जुलुस र प्रत्येक कार्डिनलले गोपनियताको शपथ ग्रहण गरेपछि यो पक्रिया सुरू भएको थियो ।

 

पोप लियो–१६ को जन्म १४ सेप्टेम्बर १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो । उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्थ्यो र उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खाने गरेको छ । उनले पोप फ्रान्सिसको डिभोर्स र पुनर्विवाहित महिलाहरूलाई चाड मनाउन अनुमति दिने निर्णयलाई समर्थन गरे।

 

जब कार्डिनल पोप निर्वाचित हुन्छ, उसलाई के नामले सम्बोधन गर्ने भनेर रोज्न लगाइन्छ । यो परम्परा छैठौं शताब्दीदेखि चलिआएको छ। पोपसँग कुनै पनि नाम छनोट गर्ने स्वतन्त्रता छ, तर सामान्यतया उसले अघिल्लो पोप वा संतहरूको नाम छाने गरेका हुन्छन् । उनले पोप लियो–१६ चुनेका हुन् ।