Ad Image

'इण्डियन आइडल'को कार्यक्रमबारे काठमाडौं महानगरले हनुमानढोकालाई सोध्यो स्पष्टीकरण

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1734917683.jpg

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार हेरचाह अड्डालाई स्पष्टीकरण सोधेको छ । बुधवार हनुमानढोका दरबारभित्रको लौह चोकमा  इण्डियन आइडलका कलाकारसहितको सांगीतिक कार्यक्रम गरिएको थियो ।  

 

कार्यक्रम सकिएको भोलिपल्टै महानगरको सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले हनुमानढोका दरबार हेरचाह अड्डालाई पत्र लेख्दै कसले र कसरी कार्यक्रम गरेको हो जानकारी दिन भनेकी छन् । 

 

महानगरले विगतमा यो चोकमा परम्परागत नाचगान र मेलाबाहेक ठूलो स्वरमा हुने सांगीतिक कन्सर्ट र भोज नगर्ने सहमति स्मरण पनि गराएको छ । अब उप्रान्त उक्त स्थानहरूमा सम्पदामा असर पुर्याउने कार्यक्रम नगर्न/नगराउन महानगरले सचेत गराएको छ ।