पाेखरामा स्थानीय उद्यमशीलताकाे उत्सव गर्दै रिभ्याम्प नेपाल


काठमाडौं । स्थानीय उद्यमशीलता र गण्डकी प्रदेशको आर्थिक सशक्तीकरणको उद्देश्यसहित “रिभ्याम्प नेपाल–गण्डकी संस्करण” आगामी वैशाख २८ गते शनिबार पोखराको सभा गृहमा आयोजना हुने भएको छ ।
पूर्ण रूपमा निःशुल्क हुने यो कार्यक्रम रिभ्याम्प नेपाल प्रा.लिको आयोजना र पोखरा महानगरपालिका तथा व्यवसाय प्रवर्द्धन केन्द्रको सहकार्यमा हुँदै छ ।
सबल स्थानीय अर्थतन्त्रको नारासहितको कार्यक्रमले गण्डकी प्रदेशका स्टार्टअप लघु तथा मझौला (SMEs) र स्थानीय व्यवसायहरूलाई एकै मञ्चमा ल्याउनेछ ।
रिभ्याम्प नेपाल सन् २०२१ देखि सञ्चालित राष्ट्रिय कार्यक्रम हो, जसका ६ संस्करणमा चार सय भन्दा बढी व्यवसाय र ३० हजार बढी सहभागीहरूको सक्रिय सहभागिता रहेको छ ।
गण्डकी संस्करण यसको प्रदेशगत विस्तारको पहिलो चरण हो । जसले व्यवसायहरूलाई बजार र पहुँचको नयाँ अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।