Ad Image

भारत–पाकिस्तान तनावका कारण आइपिएलका बाँकी सबै खेल स्थगित

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746776399.PNG

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ स्थगित भएको छ । भारत र पाकिस्तानबीचको तनावका कारण भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

 

यसअघि बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभर पछि रद्द भएको थियो। त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

 

शुक्रबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुने तय थियो। आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्।