Ad Image

काठमाडौं महानगरबाट ५२ हजार बढीले निःशुल्क कानुनी सेवा लिएका छन्: सुनिता डंगोल

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746781694.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरबाट हालसम्म ५२ हजारभन्दा बढीले निःशुल्क कानुनी सेवा लिएको बताएकी छिन् । कानुन दिवसको अवसरमा विशेष अदालतले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महानगरबाट हालसम्म ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको जानकारी दिएकी हुन् ।

 

कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले निःशुल्क कानुनी सेवा दिदैँ आएको जानकारी दिँदै उपप्रमुख डंगोलले भनिन्, ‘कानुनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ भनेर हामीले निःशुल्क कानुनी सेवाको सुरुवात गरेपछि अहिलेसम्मको तथ्याङ्क अनुसार काठमाडौं महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन् ।’

 

महानगरपालिकाले अहिलेसम्म ८३ वटा सुनुवाइ गरेको भन्दै ६ सय ८५ वटा विवाद मध्ये ३ सय २६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट विवाद समाधान गरेको समेत उपप्रमुख डंगोलले जानकारी दिएकी छिन् ।


उनले निःशुल्क कानुनी सेवासँगै काठमाडौंमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको बताएकी छिन् । कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेको उनले बताइन् ।