सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं । डडेलधुराको आलिताल गाउँपालिका-८ सुनखोलास्थित सडकमा अटोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका-४ कैनघाडी बस्ने बिक्रम विकका ४ वर्षीय छोरा बिबेक विक रहेका छन् ।
भि.न.पा. ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट गम्भीर घाइते भएका बालकको जोगबुढा अस्पतालमा उपचारको क्रममा बिहीवार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल अटो चालक फरार रहेका र उनकाे खोजी भईरहेकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा ड्यामसाईड नजिकै सडकमा टिपर दुर्घटना भएकाे छ । लु.१ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई बिहीवार साँझ दुर्घटना हुँदा टिपर चालक प्रभाकर यादवको मृत्यु भएको छ । रूपन्देही सियारी गाउँपालिका-२ घर भएका २६ वर्षीय यादव दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।