Ad Image

महिला विश्वकप छनोट: नेपालले आज बहराइनसँग खेल्दै

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of storage/news/1746843693.jpeg

काठमाडौं । आइसीसी ट्वान्टी–२० महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज बहराइनसँग खेल्दैछ । प्रतियोगितामा नेपालले आज दोस्रो खेल बहराइनसँग खेल्न लागेको हो । 

 

नेपाल र हङकङबीचको हिजो हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो, जसका कारण दुवै टिमले १/१ अंक बाँडेका छन् । थाइल्याण्डमा हिजो देखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको थियो ।  विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।  

 

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा