Ad Image

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746862691.jpg

पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशतालाई लोकतन्त्र र प्रेस स्वतन्त्रताका प्रमुख शत्रुका रूपमा टिप्पणी गरेका छन् ।

 

नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले लोकतन्त्रलाई मजबुत पार्न कार्यशैली सुधार अपरिहार्य रहेको उल्लेख गरे ।

 

उनले अनलाइन मिडियाबाट फैलिएको गलत सूचनाले धार्मिक सहिष्णुता र सांस्कृतिक विविधतामा खतरा निम्त्याएको भन्दै यस विरुद्ध सम्पूर्ण सञ्चार जगत् एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

 

मन्त्री गुरुङले जलवायु परिवर्तनको असर रोक्न एकीकृत रूपमा काम गर्नुपर्ने, विकास कार्य जनताको आवश्यकतालाई ध्यानमा राखेर हुनुपर्ने र अनलाइन मिडिया पनि प्रेसकै अङ्ग भएकाले स्वनियमनको दायरामा ल्याइने जानकारी दिए ।

 

सामाजिक सञ्जालमा भएको ठगी, गलत सूचना र अफवाह रोक्न कानुनी प्रबन्ध र नियमन आवश्यक रहेको उनको भनाइ थियो । उनले लोमान्थाङजस्तो जलवायु परिवर्तन प्रभावित क्षेत्रबाट समिट हुनु पनि अत्यन्त सान्दर्भिक रहेको बताए ।