प्रचण्डको अनावश्यक भ्रम राजावादीलाई लाभदायक बन्न सक्छ : मन्त्री चौरसिया


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्यूनतम साझा समझदारी आवश्यक रहेको बताएका छन् ।
शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चद्वारा आयोजित ‘नेपालको वर्तमान अवस्था ः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन सहमतिको आवश्यकता औंल्याए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै अनावश्यक भ्रम फैलिनु राजावादी शक्तिका लागि लाभदायक बन्न सक्ने चेतावनी दिए ।
व्यापार र उद्योग प्रवद्र्धनका लागि सरकारले ल्याएको अध्यादेशप्रति गरिएको विरोधप्रति असन्तोष जनाउँदै मन्त्री चौरसियाले राम्रा पहलको विरोधले वर्तमान प्रणालीलाई कमजोर बनाउने बताए ।
उनले लोकतन्त्रविरुद्ध उठ्ने आवाजलाई सबै पक्षले आ–आफ्नो स्थानबाट जवाफ दिनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।