सङ्क्रमणकालीन न्यायमा पीडितको असन्तुष्टि, सिफारिस प्रक्रिया खारेज गर्न माग


काठमाडौं । द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस प्रक्रिया खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।
सरकारद्वारा गठित सिफारिस समितिले आवेदकमध्येबाट संक्षिप्त सूची सार्वजनिक गरेपछि पीडित समुदायले ती सूचीमा पारदर्शिता र सहभागिता नदेखिएको भन्दै आपत्ति जनाएका हुन् ।
पीडितहरूका अनुसार आयोग गठन प्रक्रिया अपारदर्शी, भागबन्डा आधारित र पीडितको परामर्श विना अघि बढाइएको छ । उनीहरूले पीडितहरूको सुझावलाई समेटेर नयाँ सिफारिस प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले सरकारलाई चेतावनी दिँदै यदि माग सम्बोधन नभएमा समानान्तर नागरिक आयोग गठन गर्ने बताए ।
यसअघि पीडित प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता शेरबहादुर देउवालाई भेटी आयोगमा पीडित प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका थिए ।