Ad Image

भारत–पाकिस्तान तनावबारे चीनको चिन्ता, संयमता अपनाउन आग्रह

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746867481.JPG

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै चीनले दुवै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।

 

शनिबार जारी विज्ञप्तिमा चिनियाँ विदेश मन्त्रालयले क्षेत्रीय शान्तिमा असर पर्ने भन्दै समस्या समाधानका लागि चीनले रचनात्मक भूमिका खेल्न तयार रहेको स्पष्ट पारेको हो ।

 

चीनले राजनीतिक संवादमार्फत तनाव अन्त्य गर्न सकिने बताउँदै शान्ति र स्थायित्वलाई प्राथमिकता दिन भारत–पाकिस्तानलाई आग्रह गरेको छ ।

 

साथै, चीनले भारतद्वारा गरिएको प्रारम्भिक आक्रमणप्रति असन्तुष्टि जनाउँदै थप क्षति हुन नदिन समयमै पहल गर्नुपर्ने धारणा राखेको छ ।

 

भारत र पाकिस्तान दुवैसँग सीमा जोडिएको चीन क्षेत्रीय महाशक्ति भएकाले उसको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।