Ad Image

नेविसंघले त्रिविका निमित्त उपकुलपति खड्ग केसीलाई देखायो कालो झण्डा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746872369.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति खड्ग केसीलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  कालो झण्डा देखाएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा निमित्त उपकुलपति केसीलाई नेविसंघले कालो झण्डा देखाएको हो ।


काठमाडौंको आरआर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन अवैध र अलोकतान्त्रिक भएको भन्दै नेविसंघका एक विद्यार्थीले कालो झण्डा देखाएर विरोध गरेका हुन् ।

 

नेविसंघका कार्यकर्ताहरूले स्ववियु निर्वाचनमा प्रतिस्पर्धात्मक प्रक्रिया नहुनु लोकतन्त्रको अपमान भएको बताएका छन् ।