स्कटल्याण्डमा हुने सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आगामी जूनमा स्कटल्यान्डमा हुने सिरिजका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।
टोलीको कप्तानी रोहित पौडेललाई दिइएको छ भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई सुम्पिएको छ ।
नेपालले आगामी जुन महिनामा स्कटल्यान्डको घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग २ को चौथो सिरिज खेल्नेछ । यससँगै, नेपालले ती टिमहरूसँग टी–२०आई सिरिज पनि खेल्नेछ ।
यो सिरिज नेपालका लागि आगामी आइसिसी पुरुष टी–२० विश्व कप क्वालिफायरको तयारीका रूपमा महत्त्वपूर्ण मानिएको छ ।
