Ad Image

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746876326.jpg

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् ।

 

रेड कार्यान्वयन केन्द्रद्वारा आयोजित दोस्रो वन सम्वद्र्धन राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए ।

 

‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त गर्दै मन्त्री शाहीले देशको वन क्षेत्रको समग्र सुधार र आगामी दशकको दिगो दिशा तय गर्न गोष्ठी उपयोगी हुने बताए ।

 

उनले भने, “वन क्षेत्रको वर्गीकरण, ‘थिनिङ’, कटानी, पुनःरोपण, प्रजातिको सन्तुलन, तथा ‘रोटेसन’लगायत वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशीलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ ।”

 

वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै मन्त्री शाहीले वनसम्बन्धी नीति, संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरुसँग सहकार्य गर्न सहज हुने बताए ।