भारतीय प्रधानमन्त्री मोदीकाे सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन् । भारत–पाकिस्तानबीच तनाब बढिरहेका बेला प्रधानमन्त्री मोदीले शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग बैठक गरेका हुन् ।
उनले रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुखहरूसँग छलफल गरेको बताइएको छ ।
बैठकमा पाकिस्तानबाट मिसाइल र ड्रोन प्रहारमार्फत भारतमा आक्रमण भएको घटनाबारे छलफल भएको बताइएको छ । तर छलफलका विषय औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन ।