Ad Image

पाकिस्तानका ८ सैन्य अड्डामा हमला गरेको भारतको दाबी

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746878471.jpg

काठमाडौं । भारत–पाकिस्तानबीच जारी तनाव शनिबार दिनभर पनि जारी रहँदा, दुबै देशले एकअर्काका सैन्य र हवाइ अड्डाहरूमाथि आक्रमण जारी राखेका छन् ।

 

शुक्रबार राति शान्त देखिएको सीमाक्षेत्रमा शनिबार पुनः मिसाइल र ड्रोन आक्रमण सुरु भएको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतले पाकिस्तानका आठवटा सैन्य तथा हवाइ अड्डामाथि हमला गरेको दाबी गरिएको छ । पाकिस्तानले पनि ‘अपरेसन बनयान–उल–मरसुस’ सुरु गर्दै जवाफी कारबाही गरिरहेको छ ।

 

भारतका लुधियाना, जोधपुर, श्रीगंगानगर, पोखरन लगायतका क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । जम्मु–कश्मीरका संवेदनशील क्षेत्र खाली गरिँदैछ भने बर्नालामा ब्ल्याकआउट घोषणा गरिएको छ ।

 

युद्धको सम्भावनाबीच अमेरिकी विदेशमन्त्री मार्को रुबिओले दुवै देशका उच्च पदस्थसँग टेलिफोन वार्ता गर्दै संयमता अपनाउन र वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन् ।

 

तनाव आणविक युद्धतर्फ बढ्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेका छन् ।