Ad Image

भारतलाई जवाफ दिने पाकिस्तानको पूर्ण अधिकार छ : सूचनामन्त्री तरार

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746879911.jpg

काठमाडौं । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले भारतको हमलाको जवाफ दिने पाकिस्तानको अधिकारलाई स्पष्ट पारेका छन् । बीबीसीसँग कुराकानी गर्दै उनले भने, “यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ।”

 

भारतको जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरू र सवारी साधनमा क्षति पुगेको जनाइएको छ । यद्यपि, अताउल्लाह तरारले नागरिकलाई लक्षित गरिएको आरोप अस्वीकार गर्दै भने, “पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ।“

 

शनिबार भारतले पाकिस्तानद्वारा उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरिएको आरोप लगाएको थियो । भारतका विदेश सचिव विक्रम मिश्रीले भने, “पाकिस्तानको गतिविधि निरन्तर उत्तेजक रहेको छ। प्रतिक्रियामा, भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।”