Ad Image

पाल्पाको रिब्दीकोटमा वडाले गर्‍यो एकल महिला पुरुषलाई नगद ५ हजारसहित सम्मान

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746934058.jpg

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई सम्मान गरिएको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद पाँच हजारसहित सम्मान गरेको गरेको हो ।

 

विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट– १ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

 

वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताइन् । उनले राज्यबाट कहीँकतैबाट सम्बोधनमा नपरेका एकल महिला तथा पुरुषलाई वडाले सम्मान गरेर हौसला बढाएको उनको भनाइ छ ।