Ad Image

सरकार फेरिँदा नीति–कार्यक्रम परिवर्तन सामान्य प्रक्रिया हो : प्रधानमन्त्री ओली

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746950248.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनसँगै नीति तथा कार्यक्रममा हुने हेरफेरलाई स्वाभाविक प्रक्रिया बताएका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा सांसदहरूको जिज्ञासाकाे जवाफ दिँदै उनले अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु राजनीतिक ‘कोर्स करेक्सन’ भएको स्पष्ट गरे ।

 

प्रधानमन्त्री ओलीले नयाँ सरकारले अघिल्लो सरकारले सुरु गरेका संविधानसम्मत र सान्दर्भिक योजनाहरूलाई निरन्तरता दिएको उल्लेख गर्दै, “सरकार एउटा अविच्छिन्न उत्तराधिकारवाला संस्था हो,“ भने ।

 

उनले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा धेरै नयाँ योजना समेटिएको जानकारी पनि दिए ।