Ad Image

युद्धविरामपछि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747024579.jpg

काठमाडौं । भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि शनिबार साँझदेखि युद्धविराम गरेका भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुने तय भएको छ ।
 

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच फोनमा कुराकानी हुने भएको हो। आजको वार्तामा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस युद्धविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ । यसअघि शनिबार पनि भारत र पाकिस्तानका डीजीएमओहरूबीच वार्ता भएको थियो। त्यसपछि शनिबार साँझदेखि दुई देशबीच युद्धविराम लागु भएको थियो।  
 

युद्धविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन आक्रमण भएको थियो । युद्धविरामको उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार  बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।