जडीबुटी–पेप्सीकोला सडक क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन निर्देशन दिएका छन् ।
संयुक्त सूचनामार्फत सम्बन्धित निकायहरूले वैशाख १० गते सीमाङ्कन गरी चिनो लगाएको सडक क्षेत्रभित्र नक्सा विपरीत बनेका संरचना हटाउन सूचना जारी गरेका हुन् ।
सार्वजनिक सडक ऐन २०३१ अनुसार सूचना प्रकाशित मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिले स्वयं हटाउनुपर्ने बताइएको छ । तोकिएको समयमा नहटाए कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।
