Ad Image

रवि लामिछानेसँग मिटरब्याज पीडितको कारागारमा भेट, कसले के भने ?

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747043223.jpg

काठमाडौं । रुपन्देही जिल्ला कारागारमा थुनिएका रास्वपा सभापति रवि लामिछानेसँग मिटरब्याज तथा ठगीविरुद्ध संघर्षरत किसान–मजदुरहरूले भेट गरेका छन् ।

 

संघर्ष समितिका संयोजक अवधेश कुशवाह र सदस्य निर्घ नवीनको नेतृत्वमा गएको टोलीले सरकारले पहिलाको सहमति कार्यान्वयन नगरेको गुनासो राखेको थियो ।

 

निर्घ नवीनका अनुसार गृहमन्त्री हुँदा लामिछानेले देखाएको सक्रियता अहिले हराएको छ । कुशवाहले जिल्लामा प्रहरी र सिडिओ परिवर्तनसँगै पीडकमाथि नै मुद्दा चलाउने प्रवृत्ति बढेको बताए ।

 

सरकार साहुकारको पक्षमा उभिएको आरोप लगाउँदै उनीहरूले न्यायको ढोका बन्दजस्तै भएको गुनासो गरेका थिए ।

 

जवाफमा लामिछानेले धैर्य राख्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले भने, “न्यायको लडाइँ जितिन्छ, तर धैर्य गर्नुहोस्। म जनताको लागि लड्दा आज यहाँ छु।”