Ad Image

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747044431.jpg

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

 

ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

 

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए ।

 

राष्ट्रपति पौडेलको पुर्ख्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।