राजावादी आन्दोलन निस्तेज पार्न गाउँ–गाउँमा जानुहोस् : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आगामी जेठ १५ गतेदेखि सुरु हुने राजावादी आन्दोलनलाई निस्तेज पार्न पार्टी कार्यकर्तालाई गाउँ–गाउँमा पुग्न आह्वान गरेका छन् ।
वाईसीएल नेपाल कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटनमा बोल्दै प्रचण्डले पूर्व पञ्चहरूको मिलेमतोमा राजावादीहरू आन्दोलनमा उत्रिन लागेको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताए ।
उनले जनतामा देखिएको असन्तुष्टिको दुरुपयोग गर्दै राजावादीहरू सक्रिय हुन थालेको र वर्तमान सरकारको कमजोरीले त्यसलाई सहज बनाएको आरोप पनि लगाए ।
राजसंस्थाका इतिहास र कमजोर चरित्र उल्लेख गर्दै प्रचण्डले भने, “राजपरिवारको हत्या हुँदा पनि हत्यारा पत्ता लगाउन नसक्ने यिनै कायर हुन्।” उनले राजावादीको “घुर्की“ विरुद्ध देशभर प्रतिवाद गर्न जनतालाई आह्वान गरे ।