पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका-५ घर भई हाल गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया दिपा कुमारी पोख्रेल रहेकी छिन् ।
पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई उनी सम्पर्कबिहीन भएकी थिइन् ।पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ बाट शनिवार पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।