Ad Image

रुकुमपश्चिम दुर्घटना अपडेट: थप एक जनाको मृत्यु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747063056.jpg

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित  सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको हो ।

 

यसअघि आजै दिउँसो लुप्र ०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई  दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको  घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने श्रीमान्श्रीमती हुन् ।

 

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार जीपचालक  दाङ तुलसीपुर उपमहानगरपालिका–७ का  ४४ वर्षीय लीलामणि भण्डारी र  सोही स्थानका ५० वर्षीया दुर्गा ओली हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।