Ad Image

क्रिस्टियानो रोनाल्डो बिना अल नासरको ऐतिहासिक जित

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747112470.jpg

काठमाडौं । अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ ।

 

गएराती सम्पन्न खेलमा अल नासरले अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो ।

 

क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए । त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरेका थिए ।

 

त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सिमित भएको थियो ।

 

यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल नासरको ३१ खेलमा ६३ अंक भएको छ ।

 

त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।  अब अल नासरले यस सिजनका तीन खेल खेल्न बाँकी रहेको छ ।