Ad Image

नागरिक उन्मुक्तिकी सांसद गीता गुरुङले सांसद पदबाट दिइन् राजीनामा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747117783.PNG

काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट नागरिक उन्मुक्ति पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छिन् । उनले आज प्रदेश सभाका सभामुख समक्ष राजीनामा बुझाएकी हुन् ।

 

गुरुङले आफूले पदमा बसेर पनि जनताका निम्ति काम गर्न नसकेको भन्दै राजीनामा दिएको बताएकी छिन् । जनताका लागि काम गर्न नसकेपछि जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकाले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

 

गुरुङले दिएको राजीनामा पत्रमा भनिएको छ, ‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’

 

उनी समानुपातिक तर्फबाट सांसद भएकी थिइन् ।