डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश


काठमाडौं । अर्थशास्त्री डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । मंगलबार अभिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका हुन् ।
उनीहरुले नेपाल राष्ट्र बैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागेको निवेदनमा उल्लेख गरेका छन् ।
रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ । यसअघि गभर्नर बनाउन सहमति जुटेको भनिएका डा.गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ ।