लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ


काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्लाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू राई र २० वर्षीया सुजताराई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित सोमवार साँझ पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ३० मिलिग्राम सहित झापाको गौरीगंज गाउँपालिका-३ दन्तकाली चोकबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका-६ खैरबारी बस्ने २९ वर्षीय हरि चन्द्र कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले मे-५ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित सोमवार दिउँसो पक्राउ गरेको हो ।
यस्तै लागूऔषध लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल र डाईजेपाम १२ एम्पुल सहित २ जनालाई मोरङको विराटनगर महानगरपालिका-१६ बैंक रोडबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५बस्ने २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित सोमवार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै लागूऔषध गाँजा २ किलो ६ सय ग्राम सहित कास्की जिल्लाकाे पोखरा महानगरपालिका-४ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा पोखरा महानगरपालिका रामकृष्ण टोल बस्ने २९ वर्षीय हरी नेपाली रहेका छन् । सोमवार राति सिआरभि चिप्लेढुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
लागूऔषध ट्रामाडोल १ सय ८२ ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका-१२ कोटडाँडा बस्ने बाट २२ वर्षीय संजिव श्रेष्ठ रहेका छन् । सोमवार राति जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ७० मिलिग्राम सहित सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका-१२ बस्ने ३८ वर्षीय बिजय कालुङ रहेका छन् । सोमवार बेलुकी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क-प्र- ०२-००१ ज ०६९२ नम्बरको ईभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै लागूऔषध ट्रामाडोल ५ हजार २० ट्याब्लेट सहित नवलपरासी जिल्ला पश्चिम सरावल गाउँपालिका-६ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका१ रामपुरवा बस्ने २७ वर्षीय हृदेश चमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एएच ८८७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित सोमवार राति पक्राउ गरेको हो ।
यस्तै लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बानियाभार र इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित सोमवार दिउँसो पक्राउ गरेको छ ।
यी सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।