स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सांसद माया राईविरुद्ध मुद्दा दायर

काठमाडौं। कालीमाटीको सहकारी ठगी प्रकरणमा सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन मार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएकाे छ ।
यसअघि सांसद राईलाई उन्मुक्ति उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।