Ad Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747140710.jpg

काठमाडौं । सिराहा जिल्लाको मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ  ।  मंगलबार बिहान बा.प्र०१-००४ क २९५३ नम्बरको  टिपरले  ठक्कर दिँदा ६५ वर्षीय महेन्द्र महराको घटनास्थलमै मृत्यु भएको हो । हाल टिपर चालक फरार रहेको र उनकाे खाेजि भइरहेकाे प्रहरीले बताएकाे छ ।

 

यस्तै बाँके जिल्लाको नरैनापुर गाउँपालिका-६ जमुनी चोकस्थित सडकमा यूपी गाडीको ठक्करबाट एक पैदलयात्री मृत्यु भएको छ । सोमबार राति ३२ इएस ७१४९नम्बरको यूपी गाडीकाे ठक्कबाट  सोही ठाउँ बस्ने ५५ वर्षीया साखरून खाँ को मृत्यु भएको हाे। ठक्करबाट गम्भीर घाइते भएकी उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए । हाल फरार गाडीचालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-२ टनकपुरस्थित सडकमा हाइसकाे  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार दिउँसो से-७ प-७३७२ नम्बरको मोटरसाइकललाई बा-प्र-०१००६ ख ७१५० नम्बरको हाइसले ठक्कर दिँदा  गौरीगंगा नगरपालिका-११ बस्ने ४५ वर्षीय नर बहादुर कडायतको मृत्यु भएको हो । हाइसको ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ पानीधारास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालककाे  मृत्यु भएको छ । सोमबार दिउँसो  लु- ३४ प ३१४३ नम्बरको मोटरसाइकलअनियन्त्रित भई दुर्घटना हुँदा बाणगंगा नगरपालिका-८ बोडगाउँ बस्ने ५० वर्षीय राम प्रसाद खनालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाईटेड अस्पताल गजेडहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यसैगरी रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका-१० अमलाटाकुरास्थित सडकमा जिप दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो लु-प्र-०२- ००१ च ०१७७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना  हुँदा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५० वर्षीय नर बहादुर वली र ४४ वर्षीया लिला वलीको  मृत्यु भएको हो । नर बहादुरको घटनास्थलमै  मृत्यु भएको र गम्भीर घाइते भएकी लिलाको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ ।
 

यी सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।