रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । मंगलबार अदालतले राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मिश्रसहितका आरोपितलाई आठौं पटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
मिश्रसँगै पक्राउ परेका दुर्गा प्रसाईंलाई पनि पाँच दिन नै थुनामा राख्न म्याद थप भएको छ ।