आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन


रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । छैटौँ अधिवेशनको पहिलो बैठक बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने, विभिन्न दलका तर्फबाट सदस्यहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ । चालु अधिवेशनमार्फत प्रदेश सरकारको विकास योजना, बजेट निर्माण प्रक्रिया र अन्य विधेयकहरूमा समेत छलफल हुने अपेक्षा गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।