Ad Image

मरेको खसी काटेर बेच्ने दुई जना पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747200029.jpg

काठमाडौं । मरेको खसी काटेर बेच्ने दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१६ को वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले मरेको खसीको मासु बेचेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

 

पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ५४ केजी मासु समेत बरामद गरेको छ ।


उनीहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।