सायल गाउँपालिकामा सेवा प्रवाह प्रभावित


काठमाडौं । सायल गाउँपालिकामा स्थानीय तहका कर्मचारी आन्दोलित भएपछि कार्यालयका नियमित सेवा प्रवाह ठप्प भएको छ ।
सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी ऐन र नियमावली तत्काल कार्यान्वयन गर्न माग गर्दै सङ्घर्षरत स्थानीय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेश समितिको आह्वानमा आन्दोलन सुरु भएको हो ।
उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सायल गाउँपालिका अन्तर्गत स्थानीय सेवा कर्मचारी सङ्घर्ष समितिले वैशाख ३० गतेबाट अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण कामकाज स्थगित गरेको जनाएको छ ।
गाउँपालिकाले सेवाग्राहीलाई असुविधा भएकोप्रति क्षमाप्रार्थी जनाउँदै पालिकाले सम्बन्धित सबैलाई आवश्यक जानकारीका लागि उक्त सूचना जारी गरेको हो ।
